काठमाडौँ – दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी उपचारपश्चात डिस्चार्ज भएका छन् । काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रि अस्पतालमा तीन हप्ता उपचारपश्चात उनी मंगलबार डिस्चार्ज भएका हुन् ।


ADVERTISEMENT


उपचारका क्रममा उनको हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । गत भदौ २८ गते साँझ धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले कन्चनपुरको झलारी बजारमा उनी चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


शख्त घाइते भएका भण्डारीलाई धनगढी र कोहलपुरमा सामान्य उपचारपश्चात थप उपचारका लागि हेलिकोप्टर चार्टड गरेर भदौ २९ गते चार्टड गरेरकाठमाडौँ ल्याइएको थियो । उनको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले आर्थिक संकलन समेत गरेको थियो ।

जसमार्फत कूल १० लाख ८ हजार संकलन भएको सिप्यानले जनाएको छ । उक्त रकम मध्ये ६ लाख २८ हजार रकम क्रिकेटर भण्डारीलाई हस्तान्तरण गरिएको र ३ लाख ८० हजार हेलिकोप्टर चार्टर बापत सिम्रिक एयरलाई भुक्तानी गरिएको सिप्यानले जानकारी दिएको छ ।

२४ वर्षीय भण्डारी तीन वर्षअघि राष्ट्रिय टिममा परेका थिए । सन् २०१७ को विश्व क्रिकेट लिगअन्तर्गत युएईविरुद्धको खेलबाट उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। पछिल्लो समय भने उनी टिम बाहिर रहेका थिए ।

उनले घरेलू प्रतियोगिता भने नियमित खेल्दै आएका छन् ।