काठमाडौं — एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले नेपाली बजारमा आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले फोटोलाई अर्को स्तरमा पुर्याउने कम्पनीले दाबी गरेको छ ।


ADVERTISEMENT


ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु खिच्न सकिने सकिन्छ भने दुई दिनसम्म टिक्ने ४५०० एमएएचको ब्याट्री रहेको छ । फोनमा आधुनिक आवश्यकताहरु फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिनेछ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ, जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट रहेको छ । जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।


ADVERTISEMENT

# # #


एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ले अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिने कम्पनीले जनाएको छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ आफ्नो रचनात्मकता बाहिर ल्याउन सकिनेछ । नयाँ पोट्रेट इडिटरका साथ तस्वीरहरु खिचेको लामो समय पछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सकिनेछ ।

मूल्य र उपलब्धता

नोकिया २.४ खैरो रंगमा २ जीबी र्‍याम र ३२जीबी रोम उपलब्ध रहेको छ । नोकिया २.४ मूल्य १४,५९९ रुपैयाँमा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।