चितवन– चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षको अवधिमा सय गैँडा मरेका छन् ।


ADVERTISEMENT


निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सो बराबर गैँडा मरेका हुन् । निकुञ्जकाअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका थिए । त्यस्तै २०७५/७६ मा ४३ वटा गैँडा मृत फेला परेकोमा अघिल्लो आर्थिक वर्षमा २६ गैंँडा मरेका थिए । यसैगरी चालू आर्थिक वर्षको पहिलो २ महीनामा थप ५ वटा गैँडा मरेका छन् ।


ADVERTISEMENT

# # #


५ वर्ष अघि भएको गणनाअनुसार देशभर ६०५ वटा मात्र गैँडा थिए । अघिल्लो वर्ष गैँडाको गणना गर्ने तयारी गरेपनि निकुञ्जले हालसम्म गणना गर्न सकेको छैन । गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। निकुञ्जमा गैँडा मर्न थालेपछि यसको अध्ययन पनि भइरहेको उनले बताए ।