काठमाडौँ – सरकारले विगत ७ महीनादेखि बन्द नेपाल भारत नियमित उडान दशैँ अगाडि नै खोल्ने तयारी गरेको छ । एक महीना अघि भारतले गरेको २ तर्फी उडान खुलाको प्रस्तावअनुसार नेपाल–भारत नियमित उडान गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT


भारतले गरेको प्रस्तावयता दुईतर्फी उडान शुरु गर्ने नियमित छलफल भएकोमा हालै मात्र मन्त्रिपरिषद्मा यसको प्रस्ताव पठाइएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।


ADVERTISEMENT

# # #


नेपालबाट नेपाल एयरलाइन्स तथा बुद्ध एयरले ५ वटा र भारतीय वायुसेवा कम्पनी एयर इन्डिया, भिस्तारा एयर र इन्डिगोको दिल्लीको दैनिक दुई–दुईवटा नियमित उडान गर्ने गरेका छन् । यी कम्पनीलाई दशैँ अगाडि उडान गर्न दिने निर्णय मन्त्रालयले गरी मन्त्रिपरिषद्मा पठाएकोमा मन्त्रिपरिषद्बाट निर्णय पास भएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइने सहसचिव लामिछानले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय पास गरेपछि प्राधिकरणलाई अनुमति दिई सुरक्षा मापदण्ड अपनाएर उडान शुरु गरिने उनले बताए ।

सामान्य अवस्थामा नेपाल–भारत उडानमार्फत हवाइ मार्गबाट दैनिक १६ हजारले आवत जावत गर्ने गरेका थिए ।