काठमाडौं – सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अवकास हुनु दुईसाता अगावै आज मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका थिए ।

मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिवका रुपमा काम गर्दै आएका थिए । यस्तै आजैको मन्त्रिपरिषद्को बैठकले राजीनामा बुझाएका रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।