काठमाडौँ – सार्वजनिक जवाफदेहिता निगरानी समितिले गत अशोज ३ गते वीर अस्पतालमा मृत्यु भएका रामलखन जसवालको मृत्यु शंकास्पद भन्दै छानबिनका लागि माग गरेको छ ।


ADVERTISEMENT


८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रुपन्देही सिद्धार्थ नगरपालिका–५ का स्थायी जैसवाललाई श्वासप्रश्वासमा समस्या आएको भन्दै सुनधारा कारागारबाट वीर अस्पताल लगिएको थियो । यही अशोज २३ गते सजायमुक्त हुन लागेका जसवाल वीर अस्पतालको इमर्जेन्सी विभागमा पुर्‍याउँदा रातको १०ः५५ बजेको थियो । अस्पतालमै उनको मृत्यु भएपछि उनकी छोरीबाट बाहिरिएको भिडियो र तस्वीरहरुका अंग चोरीको आरोप अस्पताल प्रशासनमाथि परिवारले लगाएको थियो ।


ADVERTISEMENT

# # #


, जैसवालको परिवारले रोगबाट मृत्यु नभइ हत्या गरिएको दावी गरेकोप्रति समितिले गम्भीर ध्यानाकर्षण भएका जनाउँदै छानबिनका लागि माग गरेको हो ।

‘केन्द्रीय कारागार विभाग तथा वीर अस्पतालका प्रशासनले जैसवालको मृत्यु हत्याबाट नभइ कोभिडका कारणले भएको भनेर पत्रकार सम्मेलन मार्फत दाबी गरेपनि प्राप्त भिडिओबाट शंका गर्ने धेरै आधार भएको हुनाले उक्त घट्नालाई गम्भीरताका साथ छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसमक्ष निगरानी समिति आग्रह गर्दछ,’ विज्ञप्ति सार्वजनिक गर्दै समितिले भनेको छ ।

समितिका संयोजक चरण प्रसाईले जारी गरेको विज्ञप्तिमा कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाकोक कारण देखाई शंकास्पद घटना घटेको हुन सक्ने वा हत्या समेत भएको हुनसक्ने उल्लेख गरिएको छ ।