काठमाडौँ – नेपालमा कोरोना संक्रमण मुक्त हुने जिल्लाको संख्या ७ पुगेको छ । यी बाहेक कूल ७७ मध्ये ७० जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. १ को सोलुखुम्बु, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी र कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लाका कुनैपनि व्यक्तिमा अहिले कोरोना संक्रमण छैन ।


ADVERTISEMENT

# # #


यस्तै ९ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये मोरङ, सिरहा, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, र रुपन्देही रहेका छन् ।

हाल १९० जना संक्रमित आइसीयूमा उपचाररत छन् भने ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थप ९६६ जना  कोरोना जितेर घर फर्किएका छन् । यससँगै कारोना निको हुनेको संख्या ४६ हजार २ सय ३३  पुगेको हो ।

यस्तै गत २४ घण्टामा १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

प्रतिकृया

प्रतिकृया