काठमाडौँ – नेकपा सचिवालय बैठक चलिरहँदा शीर्ष नेताहरुलाई थप्पड हान्छु भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ परेकी छन् ।


ADVERTISEMENT


एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइका विषयमा अरुको उक्साहटमा परेर आँफुले आरोप लगाएको भन्दै अदालत समक्ष गल्ती स्विकारेकी खड्काले


ADVERTISEMENT

# # #


आईतबार नेकपा शीर्षस्त नेताहरुकै विरुद्ध अभिव्यक्ति दिँदै जाईलाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका अन्य शीर्ष नेता सम्मिलित महत्वपूर्ण बैठक चलिरहँदा पेरिसडाँडा पुगेर खड्काले नेताहरु विरुद्ध अभिव्यक्ति र गतिविधि गर्न थालेपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसअघि समेत अरुबाट प्रयोग भएर झुटो आरोप लगाएको स्पष्टिकरण सहित केही दिन अघि मात्रै मुद्धा फिर्ताको नजिर राखेकी खड्काले पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकमा नै हमला गर्न खोजेपछि उनका पछाडी फेरी कस्को हात रहेको छ भन्ने खोजि अघि बढेको नेकपाका एक नेताले बताएका छन् ।

सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै जबरजस्ती प्रवेश गर्न खोजेपछि पक्राउ गरेर खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।