काठमाडौँ – कोभिड–१९को लकडाउनका कारण बन्द भएका लामो दूरिका सवारी साधनहरु असोज १ गतेदेखि नै खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी जानकारी दिएका हुन् । यद्दपी सवारी सञ्चालन गर्दा तोकिएका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक मापदण्ड बनाउने उनले बताए ।


ADVERTISEMENT

# # #


यसअघि असोज ५ गतेबाट मात्रै लामो दूरिका सवारी खुल्ने समाचार बाहिरिएको थियो ।  गत चैत्र ११ गते देखि लागू हुने गरी सरकारले लामो दूरिका सवारी साधनहरुमा रोक लगाएको थियो ।

यात्रु ५० प्रतिशत मात्रै राख्न पाइने

सवारी सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइने भएको छ । भौतिक दूरि कायम हुने गरी एक सिटको एक लहरमा सिटमा एक जना यात्रु मात्रै राख्न पाइने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

यातायात व्यवसायीहरुले तोकिएको भाडाको अधिकतम ५० प्रतिशत भाडा अतिरिक्त लिन पाउनेछन् ।