काठमाडौँ – उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचिमा नराख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले यी दुई कम्पनीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो ।


ADVERTISEMENT


समयमै मल ल्याउन नसकेको भन्दै सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सोमबार कृषि सामाग्री कम्पनीले यी कम्पनीलाई कालोसूचीमा राख्न पत्र पठाएको थियो । पत्र पठाएको २ घण्टा नपुग्दै उच्च अदालत पाटनले बुधवारसम्म कारवाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


ADVERTISEMENT

# # #