काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८७९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ८ सय ७८ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख ५१ हजार ४ सय ५ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ८ सय ९२ जना रहेका छन् भने १५ हजार ३ सय ९३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार २ सय ७५ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार१ सय १८ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३९ हजार ५ सय ७६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३६०जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ ।