सिन्धुपाल्चोक – सिन्धुपाल्चोकस्थित बाह्रबिसे नगरपालिकाको भिरखर्क र नाकुचेमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । सोमवार विहाना थप २ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक (डीएसपी) प्रकाश सापकोटाकाअनुसार सोमवार विहाना स्थानीय २२ वर्षीय कुमार बिक र २१ वर्षीय सोनिया बिकको शव फेला परेको छ ।


ADVERTISEMENT


उनकाअनुसार पहिरोमा परी १८ जना अझैँ बेपत्ता रहेकोमा उनीहरुको उद्धारका लागि खोजी भइरहेको छ ।


ADVERTISEMENT

# # #


आइतबार ९८ वर्षीय ल्याक्सी शेर्पा, ६५ वर्षीय धनलाल नेवार, ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ६० वर्षीया सर्किनी नेवार, हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय करण बहादुर श्रेष्ठ, २४ वर्षीय सुकलाल विक, २३ वर्षीया जुनु विक, ८ वर्षीय सन्देश विक र ५ वर्षीया सरस्वती विकको शव भेटिएको थियो ।