काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९७२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार ७ सय १ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ८ लाख २१ हजार १ सय ८६ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७८ जना रहेका छन् भने १४ हजार ९ सय २५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ६ सय ३४ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार २ सय ९१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ३६ हजार ६ सय ७२ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ ।