काठमाडौं –ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ज्यान मारिदिने धम्कीसहितको अन्तर्वार्ता दिएको अभियोगमा एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने ४३ वर्षीय संजय शाक्यलाई रहेका छन् । शाक्यले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा भिडलाई उत्तेजित पार्न मेयर महर्जनलाई ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


गत बिहीबार ललितपुर पुल्चोकमा रथ यात्राका क्रममा भएको घटना सम्बन्धमा ढुङगामुढा गर्ने, उपस्थित भिडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत भनी सार्वजनिक रुपमा अन्तर्वाता दिएको उनीमाथि आरोप लागेको छ ।

त्यही आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शाक्यलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइको महाशाखाले जनाएको छ ।