काठमाडौँ – प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल)को खेल तालिका सार्वजनिक भएको छ । १३ औँ संस्करणको आइपीएल १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ ।


ADVERTISEMENT


भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को आयोजनामा हुने आईपीएल कोरोना महामारीका कारण यस वर्ष युनाइटेड अरब इमिरेट्स (युएई)मा हुँदैछ । सार्वजनिक खेल तालिका अनुसार पहिलो खेल साविक विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच शेख जायद क्रिकेट स्टेडियम आबुधावीमा हुनेछ । खेल नेपाली मिति अनुसार १९ सेप्टेम्बर साँझ पौने ८ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


मुम्बईले सर्वाधिक चार पटक र चेन्नईले तीन पटक आइपीएलको उपाधि जितेका छन् । यस्तै दोस्रो खेल सोही समयमा नै दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने गत तीन वर्षखि दिल्लीबाट खेल्दै आएका छन् । गत वर्ष दिल्लीले आइपीएलमा तेस्रो स्थान हासिल गरेको थियो ।

यस्तै २१ सेप्टेम्बरमा सनराइजर हैदराबाद र रोयल चेलेन्जर बैंगलोरबीच हुनेछ । ५३ दिनसम्म चल्ने आइपीएलको फाइनल १० नोभेम्बरमा हुनेछ ।

पूरा खेल तालिका हेर्न यहाँ क्लिक गर्नुहोस्