– कर्णबहादुर शाही (शिक्षाविद्)


ADVERTISEMENT


– डा. पूर्ण शाही (प्राकृतिक चिकित्सक)


ADVERTISEMENT

# # #


भाइरस र ब्याक्टेरियाबाट चौबिसै घण्टा हामीहरु घेरिएका हुन्छौं । मानव शरीर नै खर्बौँ भाइरस र ब्याक्टेरियाबाट बनेको हुन्छ । फेरि पनि भाइरसले हामीलाई मार्छ भन्दा अचम्म लाग्छ । यो धर्तीमा मानवहरुको जन्म हुनु अगावै भाइरस र ब्याक्टेरियाको उपस्थिति थियो । हामीलाई त यो धर्तीमा पाइला टेक्ना साथ मारीहाल्नु पर्ने हो । किटाणु शास्त्र (जर्मस् थ्योरी) का अनुसार शरीरमा धेरै किसिमका भाइरसहरु को उपस्थिति हुनसक्छ तर पनि यी किटाणुहरूले शरीरमा कुनै पनि किसिमको रोगलाई जन्माउन सक्दैनन् भन्ने कुराको जानकारी प्रायः आधुनिक चिकित्सा विज्ञानका डाक्टरहरुलाई थाहा नभएको प्रतित हुन्छ ।

यदि किटाणुहरूका कारण रोग हुने भए मानव शरीरमा रोग लाग्नु अगावै रोगका किटाणु शरीरमा देखापर्नु पर्ने हो । अथवा किटाणु संक्रमण भएपछि शरीरमा रोग उत्पन्न हुनु पर्ने होइन र ? के त्यस्तो हुन्छ र ? तर त्यस्तो नभएर मानव शरीरमा पहिले रोग देखा पर्छ र अनि मात्र विस्तारै रोगका किटाणु देखा पर्छन । यसको मतलब त रोगले पो किटाणु जन्माउने हो न कि किटाणुले रोग जन्माउँदछ । उदाहरणको लागि क्षयरोग देखिनु अगाडि क्षयरोगका किटाणु शरीरमा भेटिदैनन् । किटाणु त क्षयरोग लागि सकेपछि मात्र विस्तारै देखिन्छन् । यसको मतलब किटाणु त रोगले पो जन्माउने हो । किटाणुले रोग त जन्माउदैन । किटाणु त विषाक्त-विकार र फोहोरमा रमाउने र बाच्ने हुन । शरीरमा रोकिएको विजातिय द्रव्य (विकार–मल) किटाणुको आहार भएकाले त्यही आहार खान किटाणु शरीरमा देखा पर्छन् ।

यसलाई थप पुष्टि गर्न निम्न तथ्यहरूले मद्दत गर्छ :

– किटाणु शास्त्रका विशेषज्ञ अमेरिकन डाक्टर रोबर्ट लिंकन वाट्किन्सद्धारा प्रकाशित पुस्तक “डाईग्नोसिस बाई मिन्स अफ दि ब्लड” मा किटाणुले रोग नै जन्माउन सक्दैन बरु रोगि शरिरमा किटाणुहरु जन्मिने गर्दछन् भनि आज भन्दा सयौं वर्ष अगाडि उल्लेख गरिसक्नु भएको थियो ।

– अमेरिकन डाक्टर जान फ्रासरले सन् १९१९ मा अमेरिकामा प्रकाशन हुने पत्रिका “फिजिकल कल्चर” मा प्रकाशित एक लेखमा टोरन्टोमा गरिएका थुप्रै प्रयोगहरुको बारेमा वर्णन गरेका थिए । तिन वर्षसम्म चलेको यस अध्यय्नमा किटाणु मानव शरीरमा घातक छ कि छैन ? किटाणु कहिले पैदा हुन्छ ? यी प्रश्नहरुको जवाफमा रोग लागिसकेपछि मात्र शरिरमा भेटिन्छ भन्ने कुरा साबित भएको थियो । तसर्थ किटाणुको कारण रोग हुने होइन कि रोगको कारण नै किटाणु पैदा हुन्छ ।

– सन १९१४ मा एउटा डाक्टरले भ्यागुतेरोग(डिप्थेरिया)को पचास हजार किटाणु पानीमा हालेर पुरै किटाणु पिए ता कि किटाणुले कुनै रोग पैदा गर्न सक्छ कि सक्दैन भनेर । यत्रो किटाणु एकै चोटी पिउँदा सवैको होस हवास् बन्द भएको थियो र उनको मृत्यु हुन्छ भनेर डराएका थिए । धेरैले यस्तो ज्यान लिने खेल रोक्न कोसिस गरे । तर उनलाई पचास हजार किटाणु एकै चोटी जिउँदै पिउँदा पनि मर्नु त कहाँ हो कहाँ भ्यागुतेरोग समेत देखा परेन । अर्को पल्ट भ्यागुतेरोगको लाखौं किटाणु एउटा मानिसको जिब्रोको तल र नाक भित्र हाल्दा पनि रोगको कुनै लक्षण नै देखा परेन । यसरी अरु अनेकौँ रोगका किटाणुको प्रयोग गरियो । निमोनियाको करोडौँ किटाणुहरू खाने कुरा पानीमा मिलाएर खुवाइयो । तर किटाणुलाई रोग पैदा गर्न उत्साहित गर्दा पनि रोगबाट मृत्यु हुनु त परै जाओस् रोगको कुनै लक्षण समेत देखा परेन ।

– अर्को प्रयोगमा मियादी ज्वरोको लाखौं किटाणुहरू पानी, दुधमा मिलाएर जिउदै निल्दाखेरि किटाणुहरु मरिहाल्छन कि भनि धेरै ख्याल राखिएको थियो । तर किटाणु खानेलाई किटाणुका बारे जानकारी थिएन । यस्तै मेनिन्जाइटिसको करोडौँ किटाणुहरूको अनेक प्रयोग भए । नाकको झिल्लिमा धेरै अनुकुल हुन्छ भनेर नाकमा हालेर हेर्ने काम पनि भयो । यी सबै प्रयोगमा कैंयौं दिन प्रतिक्षा गर्दा पनि रोगको कुनै नामोनिशान नै देखिएनन् । सन १९१४ देखि १९१८ सम्म यस्ता किसिमका १५० प्रयोगहरु गरिएका थिए तर रिजल्टमा त कतै पनि भाइरस र ब्याक्टेरियाले रोगको कुनै पनि लक्षण देखा परेनन् । यस्ता प्रयोगहरु दुनियाभर धेरै ठाउँमा भए ती सबैको जानकारी गराउन सकिन्छ तर किटाणुको कारणले रोग हुन्छ भन्ने सिद्धान्त सतप्रतिशत झुटो साबित गर्न यी माथि उल्लेखित तथ्याङ्कहरु नै प्रयाप्त छन् ।

– तसर्थ किटाणुले रोग पैदा नगरेर बरु उल्टै रोगी शरीरले किटाणु जन्माउँछ किनभने रोगी शरीरमा किटाणुको लागि फल्ने फुल्ने योग्य खुराक विकार र फोहोर मिल्छ । किटाणु मार्न प्रयोग गरिने भ्याक्सिन र ड्रग्सले किटाणु मर्ने या रोग भगाउने नभएर बिरामीको शरिरमा जहर-विष जम्मा गराएर बिरामीलाई मृत्युको मुखमा धकेल्ने काम गर्दछ ।

सम्पूर्ण मोर्डन मेडिकल विज्ञान माथि नै यति ठूलो माहाअपराधिको बिल्ला सप्रमाण लागिसकेको छ । मानिसहरूलाई औषधि उपचार गर्ने बहानामा विभिन्न रोगहरुको डरत्रास जबरजस्ती देखाएर फसाउने काम जारी नै छ । सम्पूर्ण धनसम्पत्ति स्वाहा पारेर मानव जीवन नै समाप्त पार्ने कार्य घाम जस्तै छर्लंग भएको छ ।

– तर हामीलाई लाग्छ कि शरीरमा किटाणुको लागि उपयुक्त वातावरण बनिरहँदा किटाणु शरीरमा खेल्न पाउँछन । यदि भ्याक्सिनले किटाणु मारेपछि हामी सुरक्षित हुन्छौ भन्ने तर्क आउन सक्छ । कुरा त सहि जस्तो लाग्छ तर वास्तविकता भने अर्कै छ । किटाणुले रोगनै पैदा गर्दैन भने इन्जेक्सन र भ्याक्सिन लगाउने कारण किन ? किटाणु त हाम्रो शत्रु नभएर मित्र हुन् जसले रोग पैदा नगरेर शरिरमा जमेको बिकार सफा गरेर रोग भगाउने पो काम गर्दछन् ।

– जब फल सड्छ तब फलमा किराहरु परेर खान शुरु गर्छन् । दुनियाँमा किटाणुको कामनै गंदकि र बिकार खाने हो । शरीरमा पनि किटाणु त्यही काम गर्छन् जुन सडेको फलमा गर्दछन् । यस्ले गर्दा त शरीर शुद्ध हुँदै रोग मुक्त हुने गर्दछ ।

– किटाणुले कहिले पनि स्वस्थ र निरोगीहरुलाई नोक्सानी गर्दैनन् । किटाणु जापान अमेरिकाबाट प्लेन चढेर न आउने हुन न मास्क लगाएर छेकिने हुन् । शुद्ध शरीरमा करोडौ किटाणु हालिदिए पनि किटाणुले खाने आहार बिकार नभेटिए पछि आहार नपाएर स्वतः किटाणु मरिहाल्छन् । रोगको प्रमुख कारण फोहोर र बिकार शरीरबाट सफा गरेर रोग मुक्त गराउने पवित्र कार्य गर्नुपर्ने हुन्छ । बिकारयुक्त शरीरमा किटाणु भेटिनुको अर्थ नै बिकार सफा गर्नको लागि हो । किटाणु हाम्रो मित्र नभएर शत्रु कसरी भयो ? बरु किटाणुबाट रोग हुन्छ भन्दै किटाणु मार्ने नाउमा हाम्रो ज्यान लिने भ्याक्सिन र दवाइ प्रयोग गरेर हाम्रो धन सम्पत्ति सखाप पार्दै ज्यान लिनेहरु शत्रु हुन् । हाम्रो ज्यान बचाउने किटाणु हाम्रो दुश्मन कदापी हुन सक्दैनन् ।

– भाइरसलाई हराउने, भगाउने, मार्ने र हामी सुरक्षित हुन्छौ भनेको आफु घरभित्र बसेर घरमा आगो लगाई आफु सुरक्षित हुन्छौ र भाइरसलाई मारेर भगाउछौं भने जस्तै हो । अर्को अर्थमा पानीमा मात्र जीवनयापन् गर्ने माछालाई पानी रहित गराउनु भनेको उसलाई मृत्यूवरण गराउनु भने जस्तै मानव जीवनलाई पनि भाइरस वेगर रहनु वैज्ञानिक रुपमा मृत्यूवरण गर्नु हो ।

– भाइरस-व्याक्टेरिया मानव भन्दा अगाडी देखि यस यो धर्तीमा अस्तीत्वमा छन् । अरवौं खरवौं भाइरसहरुबाट हामी सदैव घेरिएका हुन्छौँ र खर्बौं भाइरसर ब्याक्टेरियाबाट नै हामी बनेका हुन्छौं । शरीर भाइरस र ब्याक्टेरियाको पुञ्ज हो । हामी सम्पूर्ण मानव यो धर्तीवाट समाप्त भइसकेपछि पनि भाइरस रहिरहने छन् । जसबाट हामी बनेकाछौं त्यसैलाई मारेर हामी सुरक्षित हुन्छौं त ?

– आधुनिक औषध विज्ञानको मतानुसार रोगको उपचार गर्न रोगको कारण पत्ता लगाउन जरुरी छ । यदि यसो हो भने किटाणुहरुकै कारणलेनै रोग पैदा हुन्छ भन्ने कुरा थाहा भइसकेपछि सम्पूर्ण किटाणुहरूलाई खत्तम पारी दिएपछि रोगबाट त्यसै मुक्ति मिलिहाल्छ नि, तर के यस्तो भइरहेको छ त ? दिनानु सरुवा रोग घट्नुको साटो बढेकै छ ।

– किटाणुले रोग पैदा गर्दछ भन्ने सिद्धान्तका जन्मदाता पाश्चुर हुन् । उनको सिद्धान्तानुसार करिब १५० वर्षजति अगाडि देखि उपचार पद्धति लागु भइरहेको छ । तर कुनै पनि रोगमा पास्चुरको स्थिति र आजको स्थितिमा कुनै अन्तर आयो त ? क्षयरोग किटाणु पत्ता लागेको त जुग बितिसक्यो । वास्तवमा क्षयरोग उस्तै फैलिरहेको छ, जस्तो पहिला थियो । क्षयरोग मात्र नभएर अहिलेसम्म जतिपनि रोगका किटाणु पत्ता लागे ती कसैवाट पनि मुक्ति मिलेको छैन, औषधी उपचार त अनवरत चलिरहेको छ ।

आज कुनै पनि मनुष्य स्वस्थ देखिदैन । सारा विश्व नै रोग र शोकको साम्राज्य भएको छ । मनुष्यमा मानवीय अंश नै नरहेको भन्दा फरक पर्दैन । जन्मदेखि मृत्युसम्म मनुष्यलाई रोग र दुःखले घेरिरहेको हुन्छ । प्रकृतिसंगको आत्मियता रहेन, भ्रातृत्व भाव रहेन बरु प्रकृति माथि नै घात गर्दै प्रकृतिकै विनाश गर्न थालियो । घृणा, इर्ष्या, द्वेष, पाप र अपराधले धर्तीनै कब्जा गरिएको छ । चिन्ता, कस्ट, शोक–सन्ताप, उदासी र नैरस्यताले मात्र मानव घेरिएका छन् । प्रकृति माताको अवहेलना गर्दै मानवले सिर्जना गरेको स्वास्थ्य विज्ञानको भ्रममा पर्दा आज मनुष्यको यस्तो दुर्दशा भएको छ । प्रकृतिबाट विमुख हुदै जाँदा आज मनुष्य हजारौं रोगको जन्जालमा फसिरहेको छ । पशुपंक्षीले प्रकृति मातासँगको सम्बन्ध यथावत नै राख्दा रोगबाट सदा मुक्त छँदैछन् भने पाप र अपराधबाट पनि टाढा नै छन् । प्रकृतिको शरणमा जानासाथ मनूष्य सदा निरोगी रहन सक्छ तर मनुष्यमा मानवताको अंश नै नरहँदा प्रकृतिबाट बनेको शरीर जल, वायु, आकाश, पृथ्वी र प्रकाशसंग सम्बन्ध बिच्छेद गरेर मानव बुद्धिको दुरुपयोग गर्दै आधुनिकीकरणको नाममा स्वास्थ्य विज्ञानको विकाश भयो । जसको उपज आजको सभ्यताको सबै भन्दा बेइमान जात मानवता रहित मनुष्य स्थापित भएको छ ।

सम्पूर्ण मोर्डन मेडिकल विज्ञान माथि नै यति ठूलो माहाअपराधिको बिल्ला सप्रमाण लागिसकेको छ । मानिसहरूलाई औषधि उपचार गर्ने बहानामा विभिन्न रोगहरुको डरत्रास जबरजस्ती देखाएर फसाउने काम जारी नै छ । सम्पूर्ण धनसम्पत्ति स्वाहा पारेर मानव जीवन नै समाप्त पार्ने कार्य घाम जस्तै छर्लंग भएको छ ।

मानिसको स्वास्थ्यसँगको संवेदना र जिम्मेवारीलाई एकदमै ख्याल गर्नु पर्ने हुन्छ । यसका लागि एक सकारात्मक पहल र साझेदारी गर्नुपर्ने हुन्छ । हालमा जो कसैलाई पनि अकस्मात स्वास्थ्य सम्वन्धि गम्भीर समस्या आई पर्दा आपत्तकालीन व्यवस्थाका हिसावले आधुनिक औषधि विज्ञान अथवा अहिलेको अस्पतालले उक्त सेवाहरु दिन सकेको छ । आर्यूवेद विज्ञानमा प्रयोग गरिने जडिवुटी र प्राकृतिक रुपमा रोगको नियन्त्रण मात्र भन्दा पनि रोगवाट मुक्त गर्ने विधिलाई अबलम्वन गरि प्राकृतिक/आर्यूवेद चिकित्सा/हाम्रा घरेलु उपचार र आधुनिक औषध विज्ञान अन्तर्गत भएका आवश्यक उपलब्धिहरुका साथै पुर्वाधारलाई समेत समाहित गरि एक एकिकृत उपचार पद्धति अवलम्वन गर्नु पर्ने हुन्छ । प्रत्येक रात पछि दिन भएझैं यस कोरोना महाआतंकका विच समग्र स्वास्थ्य प्रर्णालीलाई एक एकीकृत उपचार पद्धति प्रतिपादन गर्न सक्ने अवसर अहिले प्राप्त भएको छ । र, पूर्वीय दर्शनको जननीको रुपमा रहेको नेपालले मौलिक रोग निराकरण गर्ने चिकित्सा पद्धति निर्माण गरि मानवलाई रोगको समाधान दिन सक्दछ ।

चेतना भया !