काठमाडौँ – सर्वोच्च अदालतले कोरोना संक्रमित र कोरोनाका कारण मृत्यु भएकाको विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । संक्रमित र संक्रमित परिवारको अनुमतिबिना संक्रमितको विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविपरीत हुने भएकाले त्यस्तो विवरण सार्वजनिक गर्ने काम तत्काल रोक्न सर्वोच्चले सरकारलाई आदेश दिएको हो ।


ADVERTISEMENT


न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले अधिवक्ताद्वय रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो परमादेश दिएको हो । इजलासले सङ्क्रामक रोग नियन्त्रणका लागि वर्तमान कानुनी संरचनाको अध्ययन र पुनरवलोकन गर्न समेत अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


अदालतले हाल मृतक व्यक्ति मात्र नभई कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत दुुव्र्यवहार भइरहेको अवस्थाप्रति पनि सचेत गराउँदै उनीहहरुको ज्यान, आवास, पत्राचारलगायत गोप्य रहने संवैधानिक व्यवस्थालाई पनि कायम गर्न आदेश दिएको छ ।