काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले १५० जनाको परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट सार्वजनिक गरेको खुलेको छ । काठमाडौँस्थित हरिसिद्धि नगरपालिकामा गरिएका ९३ जनाको स्वाब परिक्षण गरिएकोमा १५० जनाको नेगेटिभ रिपोर्ट पाइएको हो ।


ADVERTISEMENT


नगरपालिकाका नगर उपप्रमुख सुशिला अधिकारीकाअनुसार नगरपालिकाका विभिन्न वडाबाट ९३ जनाको स्वाब परीक्षण गरिएकोमा १५० जनाको नेगेटिभ रिपोर्ट टेकूले पठाएको हो । जसमा भदौ १४ गते दिउँसो १ बजे नेगेटिभ रिपोर्ट आएको मेसेज आएकोमा १६ गते साँझ उनीहरुकै रिपोर्ट पनि पोजेटिभ मेसेज आएको हो । नगरपालिकाले बिहीबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय प्रयोगशालाले गरेको गम्भीर त्रुटीलाई सच्चाउन माग गरेको छ ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा भनिएको छ, ‘९३ जनासहित जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्कमा आएकाको पुनः परीक्षण गर्न राष्ट्रिय प्रयोगशाला टेकूलाई अनुरोध गरिन्छ ।’ नगरपालिकाले जनस्वास्थ्य जस्तो गम्भीर विषयमा प्राविधिक त्रुटी तथा मानवीय कमजोरीका नाममा यस्तो गम्भीर गल्ती नर्ग राष्ट्रिय प्रयोगशाला टेकूलाई अनुरोध गरेको छ ।

 

No description available.