डा. पूर्ण शाही, प्राकृतिक चिकित्सा विज्ञ

कोरोना महामारीलाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT


यो महामारी होइन, आतंक अझ भनौँ महाआतंक हो । जबर्जस्ती मान्छे मारिदैछन्, लूटपाट मच्चिएको छ, नरसंहार मच्चाइएको छ । यो  जुन घाम जस्तै छर्लङ्गै भइसकेको छ ।


ADVERTISEMENT

# # #


यो आतंक हो भने यसको सिर्जना कसरी भयो ?

योजनावद्ध तरिकाले मेडिकल माफियाले चलाएको खेल हो । यो प्रथम पटक पनि होइन, विगतमा पनि यस्तो आतंक नमच्चाइएको होइन । पहिलेका केही उदाहरणहरु हेर्ने हो भने स्वाइनफ्लूमा भएको यही हो, एड्समा भएको पनि यही हो । प्रमाणित तथ्यहरु पनि आएका छन् । २८ वर्षदेखि यही क्षेत्रमा अध्ययन गर्दै आइरहेको छु । मानवीय क्रियाकलापहरुविरुद्धको विश्वब्यापी षड्यन्त्र हो यो । यो एक्कासी आएको होइन, लामो समयसम्मको योजनाबद्ध रुपमा घटाइएको हो । बिल गेट्स, बिश्व स्वास्थ्य संगठन लगायतका ठूला संगठनहरुको डरलाग्दो खेलको अभ्यास भईरहेको हो यो । महामारी त एकाएक आउँछ अनि मान्छे मार्ने हुन्छ । तर कोरोनामा पूर्ववत् योजनास्वरुप भएको छ । यो नियोजित र योजनाबद्ध षड्यन्त्र नै हो ।

तपाईको अध्ययन अनुसार कोरोना के हो ? यो कति शक्तिशाली छ ?

यो रुघाखोकी जस्तो सामान्य संक्रमण हो ।

डब्लूएचओले दिएकै डेटामा अन्य संक्रामक रोगभन्दा यसको मृत्युदर एकदमै कम छ । यसको मृत्युदर ०.१ प्रतिशत मात्र छ, अर्थात् हजारौँलाई कोरोना संक्रमण देखियो भने एकको मृत्यु हुन्छ, त्यो पनि अन्य रोग भएका हरु मात्रै ! यति सामान्य संक्रमण कसरी महामारी हुन्छ ?

महामारी भनेर प्रोपोगाण्डा मच्चाइएको मात्रै हो ।

यहाँ त रोग नै नलाग्दै बिरामी घोषणा गरिएको छ । लक्षण नै नहुने पनि बिमारी हुन्छन ? रुखा ज्वरो त सामान्य कुरा हो । अनि यसैलाई देखाएर संसारलाई बेबकुफ बनाउने ? अब यस्बाट डराएर अस्पताल जाने, जाँच गर्ने, पोजेटिभ नेगेटिभ भन्ने भ्रमको चक्रब्युमा फँस्ने कामबाट जोगिनु पर्छ ।

क्वारेन्टाईनमा राख्नु भनेको सबैलाई रोगी बनाउने र मार्नु अघि सजाय दिए जस्तै हो । यी सबै षड्यन्त्र र योजनाहरुलाई अब भत्काउनुपर्छ ।

यहाँ त निरोगीलाई बिमारी बनाउने, बिमारी भनेर अस्पतालमा राखेपछि आफन्त र कसैलाई पनि भेट्न पनि नदिने जस्तो अमानबीय र क्रुर काम भईरहेको छ ।

तपाईहरु मार्फत अर्को खुलासा गर्दैछु की कोरोनाको नाममा अस्पतालहरुलाई बधशाला बनाईएको छ । त्यहाँ खुलेआम मानिसहरुको ज्यान लिएर महत्वपूर्ण अँगहरु समेत निकालेर लासलाई डिस्पोज गर्ने जँगली अपराध भईरहेको छ । संक्रमण हुन्छ भनेर लास पनि नदेखाउने ?

प्लाष्टिकले बेरेर लासको पनि दर्दनाक दृष्य देखाउँदै यमराज जस्तै मृत्युको भय बनेर मानिसहरुलाई तर्साउने र संसारलाई आफ्नो काबुमा राखेर महासंहार मच्चाउने योजना अनुसार नै कामहरु भईरहेको छ । यस्ता धेरै प्रमाण र परिदृष्यहरु छन्, जस्ले यो डरलाग्दो षडयन्त्रलाई पुष्टि गर्छ ।

तर, अहिले विश्व नै बन्दाबन्दी अवस्थामा छ, जनता त्रसित छन् नि ?

अन्तराष्ट्रिय स्तरमा महासंहार मच्चाउँन षड्यन्त्रको जालो नै यसरी बुनिन्छ । पहिले कोही रुघाखोकी लाग्दैमा छतबाट हाम फाल्थ्यो ? रुघाखोकी लाग्दैमा प्रहरीले आतंकवादी समातेजस्तो समातेर लान्थ्यो ? कसैले रुघाखोकी लागेका मानिसको घरमा ढुङ्गा हान्थ्यो ? तर कोरोनामा त अहिले त्यस्तै देखिन्छ नि, जबकी यो सामान्य रुघाखोकी जत्तिकै संक्रामक देखिन्छ ।

अहिले कोरोना संक्रमितले रेखदेख पाएका छैनन्, यमलोक जस्ता क्वारेन्टिनमा बस्न बाध्य छन्, राम्रो स्वस्थकर खानेकुरा त परको कुरा तातोपानी पिउँने अवसरसम्म पाएका छैनन् । अनि यस्तोमा मान्छे मर्दैन ? संक्रमित होइन, सामान्य स्वस्थ व्यक्तिलाई अहिले कोरोना संक्रमितलाई जस्तो व्यवहार गरियो भने के हुन्छ ? ऊ पनि मर्छ ।

मानिसहरुलाई महामारी भनेर डर पैदा गराइएको छ । ‘प्यारालाइज्ड’ गराइँदैछ । हिंस्रक बनाएर द्धन्द चर्काउने काम भइरहेको छ । महासंहार यसैगरी कृत्रिम डर पैदा गराएर मच्चाइन्छ । अहिले कोरोना लाग्यो भन्ने वित्तिकै आतंकवादीलाई जस्तो व्यवहार गरिन्छ । मान्छे आतंकित छन् । मानिसको मनस्थितिमा प्रहार गरेर यो परिदृष्य निर्माण गरिएको छ । परिवार, समाज भाँड्ने काम भइरहेको छ ।

स्वयं प्रधानमन्त्रीले कोरोनाबाट कोही मरेको छैन, एक दुई जना मरेको हुनसक्छ भन्नु भएको छ । तब यो आतंक किन ? किन यो बन्दाबन्दी ? किन अभाव र तनाव सिर्जना गरिदैछ ? प्रष्ट छ ।

यो आतंक हो भने लकडाउन नगरे पनि हुने देखियो नि, हैन ?

केही नभएको मान्छेलाई जबजस्ती लिएर जाँच गरेर कोरोना भनेर मान्छे मार्ने काम भईरहेको छ । सयमा हैन, हजारौँमा एक जनाको मृत्यु भइरहेको छ, त्यो पनि
कोरोनाका कारण होईन अन्य रोगका सिकिस्त बिमारीहरु । रोगको औषधि छैन, भ्याक्सिन छैन । केही दिन रेस्ट गरे आफै निको भइरहेको छ ।

कोरोनाले नेपालमा मात्रै होईन संसार भरी नै कसैको पनि मृत्यु भएको छैन । यदी एक जनाको मात्रै कोरोनाकै कारण मृत्यु भएको सर्बमान्य रुपमा तथ्य सहित कसैले पुष्टि गर्न सक्छ भने म टुँडिखेलमा सार्बजनिक रुपमा फाँसीमा चढ्न तयार छु । यो सबै प्रायोजित र बनावटी मृत्युको संख्या मात्रै हो । यथार्थमा यो भाईरस यति कमजोर छ की लक्षण समेत पनि देखाउन सक्दैन भने यस्ताले मान्छे मार्छ ?  

अनि यस्तो सामान्य कुरामा पनि लकडाउनका नाममा भ्रष्टाचार र लुटतन्त्र मौलाएको छ । मानव अधिकार खोसिएको छ । जनतालाई घरमा थुनेर मनोमानी भईरहेको छ । सबैको स्वास्थ्यलाई तहसनहस पार्ने खेललाई प्रश्रय दिने काम भईरहेको छ । यस्तो आतंक मच्चाउने अनि लुट्ने काम भइरहेको छ, लकडाउन आवश्यक नै छैन ।

जतिसक्दो जनजीवन सामान्य बनायो त्यती नै सबैका लागि राम्रो हो । होईन भने अर्थतन्त्र त चौपट हुने नै भयो, दैनिक ज्यालादारी गर्ने देखि जुनसुकै पेशा ब्यवशाय गर्नेहरुको हालत बेहाल भईरहेको छ । यहाँ त घरमा थुनेर निस्सासिएर मानिसहरुलाई नियोजित रुपमा नै रोगी बनाउने, गलाउने र मार्ने काम भईरहेको छ । यस्को अन्त्य तत्काल हुनुपर्छ ।

तर विश्वका अधिकांश देशमा लकडाउन छ नि, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

कोरोना अन्तरराष्ट्रि खेल हो । डब्लूएचओलाई फ्रन्टलाइनमा राखेर अचूक व्यक्तिहरुले यो खेल खेलिरहेका छन् । षड्यन्त्रकारी, मेडिकल माफियाहरु संसारमा कति शक्तिशाली छन् त्यो अहिले विश्व नै ठप्प हुनुले पनि प्रष्ट हुन्छ । डब्लूएचओले कोरोनाले सखाप हुन्छ भन्यो तर खै कहाँ सखाप भयो ? लकडाउन नगरेका देश पनि छन् ।

कोरोना शुरु भएको चीनदेखि नेदरल्याण्ड, जापान, दक्षिण कोरिया, अमेरिका जस्ता देशमा लकडाउन छैन । बेलारुसले कहिल्यै लकडाउन गरेन । कोरोना प्रोपोगाण्डमा मच्चाउने माफियाहरुको पहुँच संसारका हरेक देशमा छ । नेपालमा पनि सरकारी पहुँचसम्म छ । अन्तराष्ट्रिय स्तरमा फैलिएको सञ्जाल हाम्रो देशका विकट क्षेत्रसम्म फैलिएका छन् । त्यसैले पनि विश्वभर यो महामारीका रुपमा फैलाइयो ।

मिनेट मिनेटमा कोरोनाबाट मर्नेको अपडेट गराएर कृत्रिम आतंक पैदा गरिएकाले लकडाउन भएको हो, विस्तारै यो प्रष्ट हुँदै गएको छ र विभिन्न देशहरुले लकडाउन हटाउँदै गइरहेका छन् पनि । हिजो कोरोना महामारी नै हो कि भन्ने शंका गरिएपनि अब सबैले बुझ्दै गएका छन् । संसारभरी यसको विरोध भइरहेको छ ।

संसार भरीका मान्छे दुई भागमा विभाजित भएका छन् । मास्क, स्यानिटाइजर, पीपीई बहिस्कार गर्न थालेका छन् । प्रतिकारमा उभिएका छन् । नेपालमा पनि विस्तारै त्यो अवस्था सिर्जना हुन्छ ।

के तपाईहरु बहिस्कारका लागि सडकमा उत्रिनु हुन्छ ?

हामीहरु जनचेतना फैलाइरहेका छौँ । थुप्रै मान्छे सचेत भइसकेका छन् । यसको विरुद्धमा जाने तयारी गरिरहेका छन् । तर कोरोना आतंक मच्चाउने माफियाहरु करोडौँ मान्छे मार्न तयार छन् । प्रतिकार गर्न कठीन बनाईएको छ , तर पनि प्रतिकारको विकल्प छैन । अर्थतन्त्र ध्वस्त छ, खान पाइएको छैन । रोडमा निस्किनुको विकल्प छैन ।  अब जनता स्वतस्फुर्त रुपमा बिरोध र आन्दोलनमा निस्कन्छन् । हामी पनि सडकमा जान्छौं । षड्यन्त्रको भण्डाफोर गर्दै कोरोनाको बहानामा गर्न खोजिएको महासंहारलाई रोक्न सबै मानिस मानिसलाई नै सचेत गराउँदै बिरुद्धमा उतार्छौं ।

भनेपछि आम मानिसहरुले गर्नुपर्छ चाहिँ के ?

योग आर्युवेद लगायतका विधि अपनाएर यस्ता भाईरसहरुलाई परास्त गर्न सकिन्छ । यस्ता षड्यन्त्रहरुबाट सुरक्षित भएर अवस्था सामान्य गर्नुपर्छ । हाम्रो पहिचान, मौलिकता ‘कोल्याप्स’ गरेर अनि पश्चिमाहरुले त्यसैलाई ‘फलो’ गरिरहेका छन् । जडिबुटी, योग, वेद र आयुर्वेद आदिका विधि अपनाउ, ध्यान गरौँ, स्वस्थकर खानेकुरा खाऊँ सबैभन्दा पहिलो कुरा आतंकबाट बचौँ र आत्मबल बढाऊँ । कोरोना मात्रै होईन जुनसुकै रोगलाई पनि जित्न सकिन्छ ।