भारतले अक्सफोर्ड युनिभर्सिटीसँग सहकार्य गरेर निर्माण गर्ने कोरोनाविरुद्धको भ्याक्सिन शार्क राष्ट्रहरुमा निःशुल्क उपलब्ध गराउने रणनीति बनाएको छ । अक्सफोर्ड युनिभर्सिटीसँग सहकार्य गरेर भारतीय कम्पनीले निर्माण गर्न लागेको भ्याक्सिनको ५ रणनीति बनाउँदै शार्क राष्ट्रमा निःशुल्क उपलब्ध गराउने बताएको हो ।


ADVERTISEMENT


यसलगायत भारतले पश्चिम एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरुसम्म भ्याक्सिन पुर्‍याउने रणनीति बनाएको छ । भारतस्थ्ति केन्द्र सरकारका अधिकारीहरुका अनुसार उक्त भ्याक्सिन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT

# # #


भारतले अहिले निर्माण गरिरहेका २ वटा भ्याक्सिन यस योजनामा समावेश हुनेछन् । यसबाहेक बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन पनि यसमा समावेश गर्ने तयारी गरिएको छ । भ्याक्सिन एस्ट्राजेनेका कम्पनीले भारतको सीरम इन्स्टिच्युट अफ इण्डियासँग मिलेर बनाउँदैछ र भारतमा सिरमले नै यो भ्याक्सिन उत्पादन गर्दैछ । –एजेन्सी