धनकुटा – प्रदेश नम्बर १ का सामाजिक विकाशमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।


ADVERTISEMENT


गत साता धनकुटा अस्पतालको निरिक्षणमा गएका उनलाई शनिवारदेखि झाडापखाला लागेको थियो भने आइतवारदेखि ज्वरो समेत देखिएको थियो । लक्षण देखिएपछि कोरोना जाँच गरिएकोमा सोमवार राति उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी सेल्फ होम आइसोलेशनमा बसिरहेको उनको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #