एजेन्सी – आइपिएल टिम चेन्नई सुपरकिंग्सले शनिबार ट्‌वीट गर्दै ब्याट्सम्यान सुरेश रैना व्यक्तिगत कारण देखाउँदै भारत फर्किएको जानकारी दियो। आइपिएल खेल्न युएई पुगेका उनले अब सिजनको सबै खेल गुमाउने चेन्नईको भनाइ थियो।


ADVERTISEMENT


ट्‌वीटमा टिमक‍ा सिइओ विश्वनाथनको भनाइ उधृत गर्दै लेखिएको थियो, ‘चेन्नई सुपरकिंग्सले यस्तो स्थितिमा रैनाको परिवारको पूरा सहयोग गर्नेछ ।’ तर रैना कुन कारणले भारत फर्कनु परेको हो चेन्नईले खुलाएको थिएन। भारतीय समाचार माध्यमहरूका अनुसार रैना आफ्नो परिवारका निकट सदस्यका साथ भएको दुर्घटना कारण भारत फर्किएका हुन्।


ADVERTISEMENT

# # #


पञ्जावको पठानकोटमा बस्दै आएकी उनकी फुपुको घरमा गत १९ अगस्टमा डकैतीको प्रयास भएको थियो। जसका कारण रैनाका फुपु तथा उनका श्रीमान्‌माथि हतियारधारीले आक्रमण गरेका थिए। आक्रमणमा दुवै जना घाइते भएका थिए।

५८ वर्षीय फुपा अशोक तरालको त्यहिँ रात निधन भएको थियो। फुपु भने अस्पतालमा भर्ना भएकी थिइन्। उनको उपचार भइरहेको पनि स्थिति गम्भीर रहेको छ। परिवारका सदस्यका अनुसार यहि घटना कारण रैना भारत फर्किएका हुन्। घटना भएको १२ दिन भइसकेको छ।

रैनाको फुपुको परिवारको कोहीसँग पनि खराब सम्बन्ध नरहेको बताइएको छ। घटना भएको दुई साता बित्न लाग्दा पनि प्रशासनले कुनै मद्दत गरेको छैन भने दोषीलाई कारबाही गर्ने आश्वासन समेत दिएको छैन।