कैलाली – कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको बताए ।

१५ ट्रयाक्टर नियन्त्रणमा

कैलालीमा अवैध रुपमा ढुङ्गा, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरिरहेका अवस्थामा १५ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीको गस्ती टोलीले आज बिहान तिनलाई नियन्त्रणमा लिएको हो ।

बर्खायाममा खोलानाला बन्द हुने गरे पनि अवैध रुपमा धमाधम उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले खुटिया नदीबाट ती ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । गोदावरी नगरपालिका –९ सेहरीमा तल्लो खुटियाबाट ढुङ्गाबालुवा भरिरहेका अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएको जनाइएको छ ।

कैलालीमा जारी निषेधाज्ञाका अवधिमा जिल्लाका विभिन्न खोलानाला तथा नदीमा नदीजन्य पदार्थको अवैधरुपमा उत्खखन भइरहेको छ । गत असारदेखि यही भदौ अन्तिमसम्म बर्खायाममा खोलानाला तथा नदीमा ढुङ्गा, गिट्टी, बालुवालगायत पदार्थ उत्खनन गर्न रोक लगाइएको छ ।