एजेन्सी – भारत सरकारले कोभिड १९ का कारण भारतमा ५ महीनादेखि लागेको सार्वजनिक समारोह, मनोरंजन र खेलकूद गतिविधिमा लागेको प्रतिवन्ध खुला गर्ने भएको छ । सरकारले सेप्टेम्बर २१ देखि सामाजिक, राजनैतीक, आर्थिक जस्ता सार्वजनिक समारोह, मनोरंजन र खेलकुद गतिविधि गर्न अुनमति दिएको छ ।


ADVERTISEMENT


एजेन्सीकाअनुसार यस्ता गतिविधिमा बढीमा सय जना मात्र जम्मा हुन पाउनेछन् । भेलामा सहभागीले अनिवार्य मास्क लगाएर सामाजिक दूरी कायम गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


भारत सरकारले अक्टोबरदेखि विद्यालय पनि संचालन गर्न सकिने गरी कार्ययोजना बनाइरहेको छ । यद्यपि, सेप्टेम्बर ३० सम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।
भारतले रेल, अन्तरराष्ट्रिय उडान, स्वीमिङ पुल र सिनेमा हल बन्द नै राख्ने निर्णय गरेको छ ।