काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ–तिहारका लागि अघिल्लो वर्ष बराबरकै खसी, बोका, च्याङ्ग्रा खरील गर्ने भएको छ । यस वर्ष कोरोना महामारी कारण दशैँमा मासुको माग कम हुने विक्रेताहरुले अनुमान गरिरहेको वेला अघिल्लो वर्ष ३ हजार खसी, बोका र च्याङ्ग्रा खरीद गरेको कम्पनीले यस वर्ष पनि सोही बराबर खसी, बोका र च्याङ्ग्रा किन्ने तयारी गरेको छ ।


ADVERTISEMENT


कम्पनीले ३ हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्न ६ करोड रुपैयाँ छुट्टाएको छ । दशैँ तिहारमा नेपालमा सबैभन्दा बढी मासु खपत हुने हुँदा कम्पनीले हरेक वर्ष खसी, च्याङ्ग्रा र बोका किन्ने गरेको छ । यो समयमा काठमाडौँमा सबैभन्दा बढी मासुको माग हुन्छ । त्यसैका लागि खाद्यले तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको हो।
कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् । उनकाअनुसार खाद्यले किनेका मासुजन्य जनावरहरु सस्तो मुल्यमा विक्री गर्ने हुँदा मृत्युवृद्धि हुनबाट रोकिने भएकाले कम्पनीले खसी, बोका, च्याङ्ग्रा खरीद गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्षसम्म भारतबाट पनि खसी, बोका र च्याङ्ग्रा किनेको खाद्यले यस वर्ष सबै खसी, बोका र च्याङ्ग्रा नेपालभित्रैबाट किन्ने बताएको छ ।