चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा बिहानादेखि सडक अवरुद्ध भएको छ । चितवनको इच्छागाउँपालिकास्थित मुग्लिनमा बिहाना ७ बजे सुख्खा पहिरो खसेको थियो ।


ADVERTISEMENT


करीब २ किलोमिटर सडकखण्डमा पहिरो खसेकाले दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


ADVERTISEMENT

# # #


पहिरो खसिरहेकैले पहिरो खस्न रोकिएपछि सडक मर्मतको काम गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ ।