सोल – उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् ।


ADVERTISEMENT


तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए । सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उहाँले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए ।

दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार संप्रेषण गरेको छ ।

उनले आँधीका कारण हुने क्षती न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । अत्याधिक वर्षा र बाढीका कारण ठूलो क्षती भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षती हुनेगरी आँधी आउन लागेको हो ।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

कोरोना र आँधीसँग जुद्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् ।