काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा.लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सकिने कम्पनीले जनाएको छ । पोर्टलबाटै आफ्नो हालको सेवालाई चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सकिने भएको छ ।


ADVERTISEMENT

# # #


ग्राहकको सहजता एवमं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको सुबिसुले जनाएको छ । आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।

सुबिसु सेल्फ केयर पोर्टल www.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै मा रहेको ‘कस्टमर लग इन’ द्वारा पनि प्रयोग गर्न सकिने छ ।