काठमाडौँ – अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुकले फ्रान्समा १० करोड ६० लाख युरो (नेपाली रु. १४ अर्ब ८७ करोड) बराबरको बक्यौता कर तिर्ने भएको छ । फ्रान्स सरकारले फेसबुकको कारोवार हेरेर कर लगाउने निर्णय गरेपछि कम्पनी र फ्रान्स सरकारबीच विवाद उत्पन्न भएको थियो । फ्रान्सेली अधिकारीहरुले पेरिस्थित फेसबुकको कार्यालयमा छापा मारेर २०१८ देखि फ्रान्समा फेसबुकले गरिरहेका आम्दानीको अनुसन्धान शुरु गरेका थिए ।


ADVERTISEMENT


उक्त विवादपछि कम्पनी फ्रान्समा सेवा सञ्चालन गरेवापत त्यहाँको सरकारलाई सो रकम बराबरको आय कर तिर्न सहमत भएको हो । यो सन् २००९ देखि २०१९ सम्मको आय कर हो ।


ADVERTISEMENT

# # #


यस्तै कम्पनी यस वर्ष रु. १ अर्ब १८ करोड आय कर बुझाउन पनि सहमत भएको छ । फ्रान्सले यसअघि गुगलबाट पनि आम्दानी कर असुल गरेकोमा अन्य प्रविधि कम्पनीहरुको आम्दानीको पनि अध्ययन फ्रान्सले गरिरहेको छ । –एजेन्सी