काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २२० जना महिला र ५९८ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ८ हजार २६ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ४४४ वटा पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार
– काठमाडौँ उपत्यकाका १६६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
– गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु

हाल क्वारेन्टिनमा ११ हजार ४ सय १४ जना रहेका छन् भने १३ हजार १ सय ५५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार ९ सय ४३ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार २ सय १२ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १८ हजार ६ सय ३१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।