काठमाडौँ – नेपाल एलपी ग्याँस उद्योग संघले आधिकारिक विक्रेता कम्पनीबाहेकका फर्म, संस्था, कम्पनी र व्यक्तिले एलपी ग्याँसको व्यवसायीक खरीद विक्री गरे कारवाही गर्ने चेतावनी दिएको छ । आइतवार संघले विज्ञप्ति निकाल्दै आधिकारिक डिलरशीप बाहेकका ग्याँस विक्रेता कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको हो ।


ADVERTISEMENT


सिलिन्डर आधिकारिक डिलरशीप लिएका कम्पनीको सम्पत्ति भएको भन्दै अन्य कम्पनी र व्यक्तिले यसको खरीद विक्री, ओसार पसार, भण्डार र सट्टापट्टा गरे कारवाही गर्ने चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


भारतमा बढ्दै गएको कोरोना संक्रमणपछि आपूर्ति चेन बिग्रिदा गत वर्ष फागुनमा संघले एक कम्पनीका ग्याँस अन्य कम्पनीका डिपोले खरीद विक्री गर्न सकिने बताएको थियो । त्यसको दुरुपयोग गरी उद्योगीले एकले अर्काको ग्याँस उठाउन थालेपछि व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको र यसले व्यवसाय नै जोखिममा परेको भन्दै व्यवसायले यस्तो निर्णय गरेको हो ।