काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।


ADVERTISEMENT


कार्यदलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।


ADVERTISEMENT

# # #


कार्यदलले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने, आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने, सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने, संघीय मन्त्रीपरिषद् र  प्रदेश सरकारमा हेरफेर गर्ने लगायतका सुझाव रहेका छन् ।

गत साउन ३० मा ओली र प्रचण्डले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न भन्दै कार्यदल गठन गरेका थिए । पार्टीका महासचिव विष्णु पौडेलका संयोजकत्वमा गठित कार्यंदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन् ।

यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै (मंसिरभित्र) गर्न प्रस्ताव गरेको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।

यस्तो छ कार्यदलको सुझाव :
– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।