काठमाडौँ – काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का संक्रमित बढ्दै गएपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको बैठकले एक सातासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT


हिजो (बुधबार) रातीदेखि लागू भएको निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ । निषेधाज्ञा जारी भएसँगै काठमाडौँ उपत्यका सडक सुनसान देखिन थालेका छन् । अत्यावश्यक बाहेकका सम्पूर्ण पेसा व्यवसायहरु ठप्प भएका छन् ।


ADVERTISEMENT

# # #


सडकमा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारीहरुमात्रै कुदिरहेका छन् । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लागत रुपमा लकडाउन, निषेधाज्ञा जारी भइरहेका छन् ।