काठमाडौँ – सरकारले बुधवार राति १२ बजेदेखि काठमाडौँ उपत्यकामा निशेधाज्ञा जारी गरेपनि शेयरबजार भने बन्द नहुने नेपाल धितोपत्र वोर्डले बताएको छ । शेयरबजार प्रविधिमैत्री भएको र डिजिटलमाध्यमबाट कारोवार जारी रहने बताउँदै वोर्डले शेयरबजार चलायमान रहने बताएको हो ।


ADVERTISEMENT


सरकारले चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेपछि विश्वमा स्टक मार्केट चलायमान रहेपनि नेपालमा भने शेयरबजार बन्द भएको थियो । त्यो समयमा ९८ दिन बन्द भएर शेयरबजार खुलेकोमा यतिवेला शेयरबजारको सबै कारोवार अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएकाले युजर आइडी र पासवर्ड लिएर शेयर कारोवार गर्न सक्ने वोर्डको भनाइ छ ।


ADVERTISEMENT

# # #


यद्यपि निशेधाज्ञा जारी भएपछि शेयर बजारमा नेप्से सूचक भने घटेको छ । १६.६ अंकले नेप्से घटेर १३९१.२९ अंकमा पुगेर बन्द भएको हो, जुन शेयर बजारमा १.१८ प्रतिशतले गिरावट हो । निशेधाज्ञा जारी भएपछि शेयरबजार बन्द हुने हल्लाले शेयरबजारमा गिरावट आएको टिप्पणी लगानीकर्ताले गरेका छन् ।