काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको चुनावका लागि ३ वटा मोडालिटी तयार भएका छन् । एफएनसीसीआई चुनावको मोडालिटी तयार गर्न बनेको विशेष समितिको बुधवारको भच्र्युल वैठकले चुनावका लागि ३ मोडालिटी बनाएको हो ।


ADVERTISEMENT


समितिले विद्युतीय मतदान, कोरोना जोखिम कम भएपछि काठमाडौँमा चुनाव र दूरी कायम गरि जिल्ला नगरको जिल्लाहरुमै तथा वस्तुगथ एवं एशोसिएट क्षेत्रको चुनाव काठमाडौँमा गर्न सकिने गरी ३ वटा मोडालिटी बनाएको हो । स्वास्थ्यविद्हरुसँग छलफल गरी बनाइएको यो मोडालिटी समितिले महासंघको कार्यसमितिलाई बुझाउने छ भने कार्यसमितिको आगामी वैठकले कुन मोडालिटीमा कहिले चुनाव गर्ने भनेर निर्णय गर्नेछ ।


ADVERTISEMENT

# # #


महासंघले गत चैत २८÷२९ मा काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो ५४ औँ साधारण सभा एवं नयाँ नेतृत्वका लागि चुनाव गर्ने निर्णय गरेको थियो । यद्यपि, कोरोना संक्रमण बढ्दै गएपछि महासंघ कार्यसमिति वैठकले चैत ६ गते जेठ पहिलो सातासम्म चुनाव स्थगन गर्ने निर्णय गरेको थियो । तर सरकारले चैत ११ गतेदेखि नै देशव्यापी लकडाउन गरेपछि जेठमा चुनाव हुन सकेन । लकडाउन खुकुलो भएपछि महासंघको असार पहिलो साताको वैठकले साउन २६÷२७ मा साधारण सभा गर्ने निर्णय गरेको थियो । तर कोरोना संक्रमण बढ्दै गएपछि चुनाव पुनः स्थगन भएको थियो । त्यसयता महासंघभित्रै नयाँ नेतृत्वका लागि छिटो चुनाव गर्नुपर्ने दबाब बढ्दै गएको छ । दबाब बढ्दै गएपछि साउन २२ को कार्यसमिति वैठकले चुनावको मोडालिटी तयार गर्न जिम्मेवारी सुम्पिएको थियो ।

चुनावको नयाँ मोडालिटी तयार गर्न कार्यसमिति सदस्यहरू रञ्जित आचार्य, भरत आचार्य, सुनील गोपाल श्रेष्ठ, अरुण सुमार्गी, विनोद ढकाल र डीबी बस्नेत सम्मिलित ६ सदस्यीय समितिले कार्यसमितिलाई ३ वटा मोडालिटीमा चुनाव गर्न सकिने सुझाव दिएको हो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा संस्थाको अध्यक्ष बन्दैछन् । उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकालको टिममा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्ला–नगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानल वस्तुगततर्पm अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ सौरभ ज्योति र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठलाई लिएर अघि बढेको छ ।