काठमाडौँ – काठमाडौँ उपत्यकामा भोलि(बुधबार)देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले एक सातासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


निषेधाज्ञा बुधबार राती १२ बजेदेखि लागू हुन स्रोतले जानकारी दियो । अब काठमाडौँ उपत्यकामा अत्यावश्यक सेवाका बाहेकका सबै सेवाहरु भदौ १० गतेसम्म बन्द हुनेछन् । कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन् । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।


ADVERTISEMENT

# # #


काठमाडौँ उपत्यकामा आज २०५ जनासहित देशभर १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै जिल्लागत रुपमा लकडाउन, निषेधाज्ञा जारी भइरहेका छन् ।