काठमाडौं – छिमेक लघुबीत्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई १ करोड ३१ लाख सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको छ ।


ADVERTISEMENT


सोमवार संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडालाई रकम हस्तान्तरण गरे । छिमेक लघुबीत्तले यस अघि उक्त कोषमा गत चैतमा २५ लाख सहयोग गरिसकेको छ ।


ADVERTISEMENT

# # #