काठमाडौं– प्रहरीले मरेको कुखुराको मासु विक्री गर्ने एक पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका(३१ प्रयाग मार्गस्थित बिएण्डबी मीट मार्टका सञ्चालक ३३ वर्षीय कृष्णचरण गोछेलाई सोमवार पक्राउ गरेको हो।


ADVERTISEMENT


मासु पसलबाट प्रहरीले करिब १ हजार किलोग्राम मरेका कुखुरा बरामद गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त मासु खाल्डोमा पुरेर नष्ट गरेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।


ADVERTISEMENT

# # #