काठमाडौँ-  कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ ।


ADVERTISEMENT


उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गरे ।


ADVERTISEMENT

# # #


]राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो ।

काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । वडा नं ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार शनिबारसम्म ३१ जनामा सङ्क्रमण देखिएको र अन्य केहीको कन्ट्याक टेसिङको नतिजा आउन बाँकी रहेको छ ।
यसैबीच नगरप्रमुख रामेश्वर बोहराले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र बाहिर आउनैपर्दा माक्स लगाएर मात्रै हिँड्न नगरवासीमा आग्रह आग्रह गरे ।