एजेन्सी -म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।


ADVERTISEMENT


खेलको २४ औं मिनेटमा कोरेन्टले गोल गर्दै लियोनलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


Sterling and his team-mates were distraught at full-time as City crashed out of the competition

केभिन डी ब्रुईनले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए । डिबक्स भित्र रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा ब्रुईनीले दाँया भाग च्याप्दै गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे । सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ ले अघि बढाए ।

सिटीले बराबरी गोलका लागि निकै प्रयास गरेको थियो । ग्याब्रियल जिससको क्रसमा अनमार्क रहेको स्टर्लिङले बललाई पोस्टको दिशा दिन सकेनन् ।

स्टर्लिङको सोही गल्तीले सिटीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन पर्याप्त बन्याे।

खेल सकिन तीन मिनेट अघि डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरे ।

लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।