काठमाडौ –  हिमालय एयरलाईन्सले पुनः चार्टर्ड उद्धार उडानको समयतालिका सार्वजनिक गरेको छ । कम्पनीले भदौ १ गतेदेखि भदौ १५ गतेसम्मका लागि उद्धार उडानको तालिका सार्वजनिक गरेको हो । कम्पनीले यसबीचमा मलेशियाको क्वालालम्पुर, कतारको दोहा, साउदी अरेबीयाका दमामलगायतमा उद्धार चार्टर्ड उडान गर्ने भएको हो ।


ADVERTISEMENT


 

कम्पनीका अनुसार अगस्ट १९, २२, २५ र २७ तारिखमा साउदी अरेबीयामा उडान भर्ने भएको छ । यस्तै अगस्ट १६, १८ र २० तारिखमा भने मलेसियाको क्वालालम्पुरमा उद्धार उडान गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


 

यस्तै कम्पनीले अगस्ट १७, २३ र २९ तारिखमा भने कतारको दोहामा उद्धार उडान गर्ने भएको हो । साथै अगस्ट २१ तारिखमा भने कुवेतमा र २४, २६, २८ र २० तारिखमा युएईको अवुधावीमा उद्धार उडान गर्ने भएको हो ।