काठमाडौं – नेपाल धितोपत्र बोर्डले ४ अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ । बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो ।


ADVERTISEMENT


 

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए ।


ADVERTISEMENT

# # #


 

यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आइपीओ स्वीकृत भइसकेको उनले बताए । जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदै छ ।

 

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ । जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन् ।

 

चालु आथिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए । अहिले पनि केही कम्पनीहरु आइपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको बताए ।

 

त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आइपीओ निष्काशन गर्नका बुझन आएको केसीले बताए । हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये चार वटा कम्नीको प्रारम्भिक अध्ययनको क्रममा छन भने ५ वटा कम्पनीको अध्ययन सँगै प्रतिवद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ ।