कालिकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो खस्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गएराति करिब साढे १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिदा ४ बालबालिका ६ जनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक डीएसपी श्यामलाल ओलियाले जनाएको दिनुभयो । मृतक सबैको सनाखत हुन बाँकी छ । प्रहरी बिहानै घटनास्थल पुगेर शव निकालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


ADVERTISEMENT

# # #