काठमाडौं – आईसीयूमा रहेका दुई जना चिकित्सकको त्रिवि शिक्षण अस्पतालमा ‘प्लाज्मा थेरापी’ गरिएको छ । दुबैजनाको स्वास्थ्य अवस्था जटिल भएपछि उपचार पद्धती फेरिएको उपचारमा संलग्न चिकित्सक डा सनतकुमार दासले जानकारी दिए ।


ADVERTISEMENT


बिरामीलाई परीक्षण गर्ने क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित हुन पुगेका दुई जना चिकित्सकको अवस्था जटिल हुँदै गएपछि प्लाज्मा थेरापी गरिएको शिक्षण अस्पताल, महाराजगञ्जले जनाएको छ । एकजना वीर अस्पताल काठमाडौंमा कार्यरत चिकित्सक छन् । अर्को नोबेल मेडिकल कलेज, बिराटनगरका हन्।


ADVERTISEMENT

# # #


दुबैजना चिकित्सकको बिहीबार प्लाज्मा थेरापी गरिएको हो । चिकित्सक दासले थेरापी गरिएपछि पछिल्लो अवस्था केही घण्टापछि ‘मूल्याङकन’ गरिने बताए ।  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा। दासले वीर अस्पतालका चिकित्सकलाई ६० प्रतिशत र नोबेलका चिकित्सकलाई ४५ प्रतिशत अक्सिजन दिनुपरेको बताए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल पाँचजना कोभिड–१९ सङ्क्रमित आईसीयूमा उपचाररत छन् । डा दासले अन्य बिरामीको स्वास्थ्य अवस्था जटिल भएपनि थेरापी नै गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा गत् साउन १६ गते पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार पद्धती सुरु भएको हो । बिराटनगरका कोभिड–१९ सङ्क्रमित बिरामीलाई पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । उपलब्ध उपचार पद्धतीमा जिवन जोगाउन असहज भएपछि आईसीयूमा रहेका उक्त बिरामीमा प्लाज्मा थेरापी गरेपछि दुई दिनभित्र ७० प्रतिशतले बिरामी निको भएको र चार दिनपछि पूर्ण निको भएका थिए ।