एजेन्सी – कोरोना भाइरस सम्बन्धी गलत जानकारी र अफवाहहरु ८७ देशमा २५ विभिन्न भाषामा फैलाइँदा यसका कारणले मृत्यु लगायत थुप्रै ज्यानहरु जोखिममा परेको नयाँ अध्ययनले देखाएको छ ।  ‘अमेरिकन जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिन’ मा सोमबार प्रकाशित रिसर्चमा कोभिड–१९ सम्बन्धी, सामाजिक संजाल लगायत विभिन्न वेबसाइटहरुमा पोस्ट गरिएका गलत जानकारी र हल्लाले पार्ने प्रभावबारे गहिरो अध्ययन गरिएको थियो । यसका लागि जापान,  अष्ट्रेलिया, थाइल्यान्ड लगायत विभिन्न देशका अनुसन्धानकर्ताहरुले अफवाहहरुको पहिचान गरि सहि भए नभएको प्रमाणित गर्न मद्दत गरेका हुन् ।


ADVERTISEMENT


यस्तोमा अध्ययनकर्ताहरुले २५ भिन्दाभिन्दै भाषामा ८७ वटा मुलुकमा फैलाइएको २,३११ वटा गलत सूचना र जानकारीका कारण सयौँको मृत्यु पनि भइसकेको पत्ता लगाएका हुन् ।  जस्तै यसमा अण्डामा कोरोना भाइरस मिसाइएको हुन्छ भन्ने जस्ता अफवाहदेखि ब्लिच लगायत केमिकल खानुले भाइरस मार्छ भन्ने सम्मका खतरनाक अफवाहहरु रहेका थिए । त्यस्तै सबै रोगहरु चीनबाटै आएका हुन्छन् र कोरोना भाइरस जैविक हतियार हो भन्ने किसिमका अपुष्ट खबरहरु पनि व्यापक रहेको पाइएको हो ।


ADVERTISEMENT

# # #