वीरगञ्ज- पीसीआर किटको अभावका कारण वीरगञ्जको नारायणी अस्पतालले ११ सय भन्दा बढी स्वाबको नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।


ADVERTISEMENT


समयमा पीसीआर किट नआउँदा स्वाब परीक्षणमा ढिलाई हुने भएकाले काठमाडौं पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए।


ADVERTISEMENT

# # #


मंगलबार नारायणी अस्पतालको प्रयोगशालाबाट ११ सय भन्दा बढी स्वाबको नमूना परीक्षणको लागि काठमाडौं पठाइएको हो । बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण हुँदै आएको छ ।