बुटवल- कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


समुदायस्तरमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । प्रकोप व्यवस्थापन समिति बुटवलको आज बसेको आकस्मिक बैठकले भोलि रातिदेखि बुटवलमा कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो । पछिल्लो समय बजार खुल्ला भएसंगै मानिसहरुको भिडभाड र चहलपहल बढेको छ ।


ADVERTISEMENT

# # #


उपमहानगर प्रमुख शिवराज सुवेदीले पटक–पटक आग्रह गरेपनि नागरिकले सामान्य सर्तकता पनि नअपनाएपछि लकडाउन गर्ने निर्णय गरेको बताउनुभयो । आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि भोलि राति १२ बजेसम्म समय दिइएको उहाँको भनाई छ । लकडाउनमा अत्यावश्यक बाहेक अरु सबै ठप्प हुने बताइएको छ । उपमहानगरले अघिल्लो साता हाटबजार लगायतका बढी भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।