काठमाडौँ — कृष्ण जन्माष्टमीको अवसरमा भव्य मेला लाग्ने ललितपुरको कृष्ण मन्दिर मंगलबार भक्तजनहरुका लागि बन्द हुने भएको छ । कोभिड–१९ महामारी व्यापक फैलिएका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले यस वर्ष आन्तरिक पूजामा मात्र सिमित हुने बताए । प्रत्येक वर्ष भाद्र अष्टमीमा कृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर मुलुकभर कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ ।


ADVERTISEMENT

# # #