मोरङ — प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् ।


ADVERTISEMENT


डिस्चार्ज हुनेमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बुका २ र अन्य ठाउँका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । याेसँगै प्रदेशमा निको भएर डिस्चार्ज हुने संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।


ADVERTISEMENT

# # #


प्रदेशभरिमा हालसम्म १ हजार ४ सय ६५ जना संक्रमित भएका छन् । जसमा मोरङका ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशभर ५४ हजार ७ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको हो ।