मोरङ — प्रदेश १ सरकारले होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आइतबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सुनसरी, मोरङ र झापामा १/१ वटा होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


यस्तै, लक्षण नदेखिएका संक्रमितलाई राख्न विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५०, रंगेली नगरपालिकास्थित जनता क्याम्पसको भवनमा १ सय र सुनसरीको हरिनगर गाउँपालिकास्थित अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रममा एक सय शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ ।


ADVERTISEMENT

# # #


आइतबारसम्ममा १ सय ८६ जना संक्रमित शय्या अभावमा घरमै बस्न बाध्य भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।